काठमाडौं । इजरायली सेनाले गाजाकाे‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ । उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।
यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् ।
त्यस्तै गाजामा मानवीय सहायता पुर्याउन अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षेपको अपिल गरेका छन् ।
आक्रमणमा अहिलेसम्म ५३ हजार २७२ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । एक लाख २० हजार ६७३ जना घाइते भएका छन् ।
हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा एक हजार १३९ जनाको ज्यान गएको थियो। २०० भन्दा बढी व्यक्तिहरूलाई अपहरण गरिएको इजरायलको दाबी छ ।






















