भारतमा कोरोेनाबाट १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट भेटियो

काठमाडौं । भारतमा पछिल्लो तथ्यांक अनुसार सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्।

केरल राज्यमा सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित देखिएका छन् । उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी कुल मृतक संख्या १२ पुगेको छ।

हालसम्म भारतमा एलएफ।सेभेन, एक्सएफजी, जेएन।१ र एनबी।१।८।१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् । यीमध्ये केही दक्षिण र पश्चिम भारतका नमूनाहरूको जीन अनुक्रमणबाट पत्ता लागेका हुन्।

विश्व स्वास्थ्य संगठनले यी भेरियन्टलाई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here