नयाँ पुस्ताको आवश्यकता समेट्दै ‘ग्यालेक्सी ए ३० एस’

काठमाडौं । नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड सामसङले सार्वजनिक गरेको नयाँ स्मार्टफोन नयाँ पुस्तामा लोकप्रिय बन्दै गएको छ ।

नवीनतम एवं आकर्षक विशेषताहरू विद्यमान गरी नयाँ पुस्ताहरूको आवश्यकतालाई समेट्दै नयाँ डिजाइनको साथ बजारमा आएको ग्यालेक्सी ए३०एस लोकप्रिय फोन बनेको हो ।

ग्यालेक्सी एथर्टी एसमा ट्रिपल रियर क्यामरा–२५ मेगापिक्सलको मुख्य क्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा तथा ५ मेगापिक्सलको नयाँ डेप्थ क्यामरा रहेका छन् ।

यसमा ४००० एमएएच को शक्तिशाली व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग प्रविधि रहेको छ । यस स्मार्टफोन अन द गो रहन चाहने ग्राहकहरूका लागि तयरा गरिएको हो । यसमा ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड इन्फिनिटी भी डिस्प्ले रहेको छ, जसले गेमिङ्ग, भिडियो हेर्न, मल्टि–टास्किङ्ग एवं ब्राउजिङ्गको लागि सर्वोत्तम एवं रोचक अनुभव प्रदान गर्दछ ।

ग्यालेक्सी ए ३० एसमा एआई पावर्ड गेम वुस्टर प्रविधि एवं नक्स सेक्योरिटी रहेको छ । डिजाइनमा कुनै सम्झौता नगरी तयार गरिएको छ ।

प्रयोगकर्ताहरूलाई अझै बढी सुरक्षा प्रदान गर्न अन स्क्रिन फिङ्गरप्रिन्ट स्क्यानर राखिएको छ । यो फोन ४ जिवि र १२८ जिबि मेमोरी का साथ उपलब्ध रहेको छ ।

मूल्य तथा उपलब्ध

ग्यालेक्सी ए ३० एस को ४ जिबि र १२८ जिबियुक्त सेटको खरिद मूल्य रु. ३१,८९० रहेको छ । यो फोन तिन आकर्षक रंगहरू प्रिजम क्रश व्ल्याक, प्रिजम क्रश ह्वाइट तथा प्रिजम क्रश भायलेटमा उपलब्ध रहेको छ ।

यो फोन कार्तिक ३ गतेदेखि नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक आउटलेटहरूमा उपलब्ध रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here