काठमाडौं । सरकारले शिक्षक बैंकको स्थापना गर्ने घोषणा गरेको छ ।
संसद्मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गर्न लागिएको हो ।
त्यस्तै उनले शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने र अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षक अभाव हुन नदिने घोषणा गरे ।
























