काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारका निकायहरूलाई १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
मन्त्रालयगत हिसाबले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सबैभन्दा बढी २ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । दोस्रोमा सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ करोड विनियोजन भएको छ । यस्तै तेस्रो नम्बरमा शहरी विकास मन्त्रालयलाई १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन भएको छ ।
सबैभन्दा कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब ८ करोड मात्रै विनियोजन भएको छ । बजेटको सबैभन्दा ठूलो हिस्सा भने अर्थ मन्त्रालयले आधा दर्जन शीर्षकमा आफैँसँग राखेको छ ।
यस्तो छ बजेटको पूर्णपाठः
























