सरकारले घटायो चिनीकाे भन्सार शुल्क

काठमाडौं । सरकारले चिनीमा लाग्दै आएको भन्सार शुल्क घटाएको छ ।

यसअघि सार्क मुलुक र अन्य तेस्रो देशबाट आयात हुने चिनीमा अब १५ प्रतिशत मात्र भन्सार शुल्क लाग्ने छ । अहिलेसम्म चिनीमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको थियोे ।

यस्तै सरकारले मिश्री र सखरको भन्सार शुल्क पनि घटाएको छ । मिश्री र सखर आयातमा लाग्ने गरेको ३० प्रतिशत भन्सार शुल्क पनि घटाएर १५ प्रतिशतमै झारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here