घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताले अनिवार्य रुपमा ‘बैंक स्टेटमेन्ट’ पेस गर्नुपर्ने

घरजग्गा किनबेचमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य रुपम पेस गनुपर्ने व्यवस्था सरकारले गरेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले मंगलबार जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आंतकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरिएको निर्देशन २०८२ मा सो व्यवस्था गरिएको हो ।
हाल नेपाल एपफएटीएफको ग्रे लिष्टमा परेको छ । उक्त सूचीबाट मुलुकलाई बाहिर निकाल्न नेपालले दुई वर्षको समय पाएको छ । यसका लागि कार्ययोजना पनि बनाएको छ । सोही कार्ययोजना बमोजिम विभागले घरजग्गा कारोबार सम्बन्धमा सम्पत्ति शुद्धीकरणी निर्देशन जारी गरेको हो ।
‘घरजग्गा खरिदबिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखत साथ संलग्न गनुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।
घरजग्गा खरिदबिक्रीको कारोबार गर्दा १० लाख रुपैयाँभन्दा माथी ५० लाख रुपैयाँसम्मको कारोबार बैकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ । तर ५० लाख रुपैयाँभन्दा बढि रकमको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै र चेक मार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्नेछ ।
यस्तै, घरजग्गा कारोबारमा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेस गरेमा १० लाख रुपैयाँभन्दा बढीको बैनावट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा विद्युतीय प्रणालीमार्फत लेनदेन भएको विवरण बैनाबट्टाको कागजात साथ पेस गर्न विभागले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here