सप्तकोशीमा बेपत्ता भएका गोताखोर साउदको शव भेटियो

काठमाडौं । सत्तकोशीमा बेपत्ता भएका गोताखोर सुरज साउदको शव फेला परेको छ ।

उनको शव कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक फेला परेकाे
हाे। कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले शव फेला पारेको हो ।

२२ जेठमा साउद र अर्का गोताखोर हरदेव सिंह राजवंशी सप्तकोशीमा बेपत्ता भएका थिए ।

सिंहको शव भोलिपल्ट २३ जेठमा भेटिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here