संसद् अवरोध खुलाउन माओवादी केन्द्र तयार

काठमाडौं । नेकपा माओवादी केन्द्र भिजिट भिसा छानबिनको सुनिश्चिततासहित संसद् अवरोध खुलाउन तयार भएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे आफूहरूले छानबिनको सुनिश्चितता खोजेको र यस निम्ति छलफल चलिरहेको छ।

सत्तापक्षले छानबिन गर्ने प्रतिबद्धता जनाउने भएपछि माओवादि केन्द्रले प्रतिनिधि सभामा जारी अवरोध खोल्न तयार भएको छ ।

गृहमन्त्रीको राजीनामा मागेको माओवादी केन्द्र छानबिन हुने सुनिश्चितता भए संसद्को अवरोध खोल्न सकिने निष्कर्षमा पुगेको हो ।

कांग्रेसले मध्यमार्गी प्रस्ताव ल्याएको थियो । मध्यमार्गी प्रस्तावमा अख्तियारले हाल गरिरहेको अनुसन्धान सकिएपछि छुट्टै संयन्त्र बनाएर २०६४ सालयता भिजिट भिसाको नाममा भएको अनियमितताबारे छानबिन गर्ने भनिएको छ । यसमा माओवादी केन्द्र सहमत भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here