अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा नेपालको दोस्रो प्रतिस्पर्धा

काठमाडौं । दुबईमा हुन लागेको अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्समा नेपाल सहभागी हुने भएको छ । नेपालको ७.० UARC-1 को विजयी टिमले नेपालको तर्फवाट दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालको तर्फवाट शिशिर सुबेदी, श्रीजन घिमिरे, प्रविन बहादुर थापा, सार्थक सेन, आदित्य ढुंगाना, उमङ्ग रेग्मीले प्रतिस्पर्धा गर्दैछन् ।

१४ देखि १८ वर्ष सम्मका विद्यार्थीले मात्र भाग लिन पाउने छन् । यस ओलम्पिक्समा टिम नेपाललाई रोबोटिक्स एसोसिएसन अफ नेपालका सचिब ई। मनोज लेखक र निरज प्रधानले मेन्टर गर्दैछन् ।

प्रतियोगिता कात्तिक ७ गतेदेखि कात्तिक १० गतेसम्म चल्नेछ । प्रतियोगितामा १८६ राष्ट्रका प्रतिस्पर्धीसँग नेपालले आफ्नो प्रतिभा देखाउनेछ । प्रतियोगिता भाग लिन नेपाली टोली बुधवार नै दुबई उडिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here