काठमाडौं । गृह मन्त्रालयले इजरायलमा नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको हो। इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमपछि मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे।
‘हाल इसराइलमा करिब ५५०० र इरानमा करिब १२ जना नेपालीहरू रहेको र उहाँहरू सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
यसैबीच परराष्ट्र मन्त्री आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरेर नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्।
गृहमन्त्री राणाले नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गर्न पनि निर्देशन दिएको छ। 

























