काठमाडौं । अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
सोमबार रातिको वर्षाका कारण सिन्धुपाल्चोककाे भाेटेकाेशि गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।
गाउँपालिकाको वडानम्बर २ को कोदारी, ३ को लार्चा र २ कै कोप्लाङमा पहिरो गएको छ । अहिले पहिरो पन्छाउने काम जारी रहेकोले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ ।
अहिले सवारीसाधन सडकमै लाइन लागेका छन् ।






















