रास्वपाद्वारा वेल घेराउ, राप्रपाले गर्यो बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेको छ । सरकारले आफ्नु माग नसुनेको भन्दै रास्वपाले संसद वैठकमा विरोध जारी राखेको हो ।

सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने समय दिए ।

ढकालले सरकारले भुइँमान्छेका आवाज नसुनेको आरोप लगाए।

यता राप्रपाले भने आजको बैठक बहिस्कार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here