काठमाडौं । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डको वैकल्पिक मार्ग पनि बाढीका कारण अवरुद्ध भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा डाइभर्सन बन्द गरेर वैकल्पिक मार्गको रुपमा प्रयोग गरिएको दुम्किबास–सर्दी–होङ्सी सिमेन्ट गेट पनि बन्द भएको हाे।
सोमबार विहान वर्षाले विनयी त्रिवेणी गाउँपालिका ३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढ्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विनयिखाेलाकाे डाइभर्सन बारम्बार बगेपछि होल्डमा रहेको साना तथा मध्यम सवारी साधनहरुलाई वैकल्पिक मार्ग प्रयोग गरेर कटाइएकोमा बाढीले भित्री सडक खण्ड अवरुद्ध भएपछि होल्डमा रहेका सवारी साधनलाई सुरक्षित स्थानमा राखिएको छ।