काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको छ । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि काठमाडौंको बजेट भने आज नआउने पक्का भएको हो ।
मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्व बढ्दै जाँदा बजेटको तयारीस्वरुप बस्नुपर्ने कार्यपालिका बैठक अझै बस्न सकेको छैन । जले गर्दा बजेट पनि अन्योलमा परेको हो ।






















