काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको कुल सम्पत्तिमध्ये १४ करोड रुपैयाँभन्दा बढी सम्पत्ति रहेको पाइएकाे छ। याे सुन र गाडि बाहेक हाे।
गभर्नर पौडेलको ४५ तोला सुन रहेको छ भने उनकी श्रीमतीको नाममा ललितपुर र नवलपरासीमा रहेका दुईवटा जग्गाको संयुक्त मूल्य २ करोड १५ लाख रुपैयाँ छ। जसमध्ये ललितपुरको १ करोड ५५ लाख र नवलपरासीको ६० लाख रुपैयाँ हाे।
सवारी साधनको रूपमा, प्रतिभा शर्माको नाममा ४४ लाख रुपैयाँ बराबरको सुजुकी कार रहेको उल्लेख गरिएको छ। पौडेलसँग १५ लाख रुपैयाँ बराबरको हिरा ४५ तोला सुन छ। त्यसैगरी उनीसँग सुजुकी कम्पनीको चार पाङ्ग्रे गाडी छ ।
संस्थापक सेयरधनीको रूपमा पौडेल सातवटा कम्पनीमा आवद्ध छन्। ती कम्पनीहरूमा सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जी तथा अर्को एक पटक ग्लोबेको प्रालि दोहोरिएर उल्लेख गरिएको छ। यी कम्पनीहरूमा उनका नाममा कुल १४ करोड ५ लाख ६७ हजार रुपैयाँ बराबरको प्रवर्द्धक सेयर रहेको उनले सार्वजनिक गरेका छन्।
सवारी साधनको रूपमा, प्रतिभा शर्माको नाममा ४४ लाख रुपैयाँ बराबरको सुजुकी कार रहेको उल्लेख गरिएको छ।























