जनजागृत महिला समाजले रोपाँई कार्यक्रम आयोजना गर्दै, प्रायोजकमा हेटौडा डेरी

काठमाडौं । पोखरा ३३ लमगादीको जनजागृत महिला समाजले आज धान दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । दिउँसो २ बजे हुने कार्यक्रमको हेटौडा डेरी इन्डस्ट्रीज प्रालीले प्रायोजन गरेको हाे ।

गगनडाँडा ३२ गडी बस्तीमा आयोजना हुने कार्यक्रममा रोपाँई गरेर तथा दही चिउरा खाएर एक अर्कासँग खुशी साटासाट गर्न सकिने छ। रोपाँई कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

स्थानीय महिलाहरुलाई केही सहयोग तथा उत्साह बढाउने उद्देश्यका साथ कार्यक्रम प्रायोजन गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले हरेक वर्ष किसानहरूलाई थप प्रेरणा मिलोस् भन्ने उदेश्यसहित विभिन्न कार्यक्रम गर्दै आएको छ। सोही क्रममा यो वर्ष धान रोपाईको कार्यक्रममा प्रायोजन गरी सहभागी भएर स्थानीय महिलाहरुकाे उत्साह बढाउन प्रयास गरेको कम्पनीका बिजनेस हेड नेत्रप्रसाद गौतमले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here