शिक्षा ऐन जारी गर्न सहमति भएको आज अन्तिम दिन, दबाब दिन सिंहदरबार पुगे शिक्षक

काठमाडौं । शिक्षक महासंघको टोली आइतबार सिंहदरबार शिक्षा समितिमा पुगेर सांसदहरूलाई दबाब दिइरहेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न सरकारले नेपाल शिक्षक महासंघसँग सहमति म्याद आज सकिंदैछ ।

महासंघले शैक्षिक हड्ताल गरेपछि सरकारले गत वैशाख १७ गते असार १५ गतेभित्र ऐन जारी गर्ने सहमति गरेकोमा दबाब दिन शिक्षकहरु सिंह
दरबार पुगेका हुन्। शिक्षक महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा शिक्षकको टोली सिंहदरबारमा पुगेको हो ।

सरकारले ऐन जारी गर्ने सहमति गरे पनि आजै ऐन जारी हुने पक्का भने भइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here