अन्य बिषय पढेकाले पनि लाइसेन्स परिक्षा दिन मिल्ने

काठमाडौं । अब शिक्षा बाहेक अन्य बिषय पढेकाले पनि शिक्षक अध्ययन अनुमतिपत्र (लाइसेन्स) परिक्षा दिन मिल्ने भएको छ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले अवसर पाउने सहमति जुटाएको छ ।

शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ ।

त्यस्तै शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुर्नताजकी तालिम लिइ शिक्षकलाई अध्यावधि गर्नु पर्ने व्यवस्था समितिले पारित गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here