अर्बपति लगानीकर्ता वारेन बफेटले साेमबार आफ्नो कम्पनी बर्कशायर ह्याथवेको ६ अर्ब डलरको शेयर पाँच फाउन्डेसनलाई दान गर्ने भएका छन् । उनले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।
बफेटले २००६ देखि यी फाउन्डेसनहरूलाई लगभग ६० बिलियन अमेरिकी डलरको शेयरहरू दान गरिसकेका छन्। यस पटक बफेटले १२.४ मिलियन क्लास बी शेयरहरू दान गर्दै छन् । प्रत्येक शेयर ४८५.६८ को मूल्य हो।
सबैभन्दा धेरै सेयर बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन ट्रस्टलाई ९४ लाख ,सुसान थम्पसन बफेट फाउण्डेशनलाई ९,४३,३८४ सेयर र शेरवुड फाउन्डेसन, हावर्ड जी बफेट फाउण्डेशन र नोभो फाउन्डेसनले ९,४३,३८४ सेयर पाउने बताइएकाे छ।





















