काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासस्थित बुटवल–नारायणगढ खण्डको विनयी खोलामा पुल निर्माणको काम सम्पन्न भएको छ । बिहीबारबाट पुलबाट यातायात सूचारु गर्न गरिने नारायणगढ–बुटवल सडक आयोजनाले जानकारी दिएको छ ।
पाँच दशक भन्दा पुरानो पुल भत्किएपछि यहाँ डाइभर्सन बनाएर यातायात चलाइएको थियो । पटक पटक डाइभर्सन बगाइरहने समस्याले यहाँ हरेक दिन जसो यातायात सञ्चालनमा सास्ती समस्या भइरहेकाे छ।
पुल भोलि बिहान ११ बजेदेखि सञ्चालन गरिने जानकारी दिए । बनाइएको डाइभर्सन पटकपटक खोलाले बगाउँदा पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुँदै आएको थियो । डाइभर्सनबाट जान नसक्ने साना सवारी साधनहरुले घुमाउरो सडकको प्रयोग गर्दै आएका थिए ।