काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४० अंक बढेसँगै २७०६ मा कायम भएको हो । आज कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोडको भएकाे हाे।
आज अन्य समूह सबैभन्दा धेरै ३.०६ प्रतिशत बढेकाे छ। त्यस्तै फाइनान्स २.४९ प्रतिशत, बैंकिङ ०.११, लगानी ०.३७, उत्पादन तथा प्रशोधन ०.६३ तथा व्यापार ०.८२ प्रतिशत बढेका छन्।
यता विकास बैंक १.५३, होटल तथा पर्यटन ०.२५, हाइड्रोपावर १.०५, जीवन बीमा १.३०, माइक्रोफाइनान्स ०.०६ तथा निर्जीवन बीमा ०.५१ प्रतिशत घटेका छन्।
आइतबार नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेकाे छ। त्यस्तै गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.३६, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.७०, अपरहेवाखोला हाइड्रोपावरको ५.१८ तथा जानाकी फाइनान्सको ४.९१ प्रतिशत बढेका छन्।
त्यस्तै डेभलपमेन्ट बैंकको मूल्य ८.५८ प्रतिशत घटेका छन् । आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, लक्ष्मी सनराइज बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि छन् ।