काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा विहिबार पहिराे खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रपमा अवरुद्ध भएको हाे। इकुमा सडक माथीबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्ण रुपमा अबरुद्ध भएको हो ।
सडक पूर्ण रुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान, एम्बुलेन्स रोकिएका छन् ।
चीनतर्फबाट आएको बाढीले केरुङनाकाको संरचना भत्काइदिएपछि त्यस नाकाबाट नेपाल आउन लागेका पर्यटकहरुलाई सिन्धुपाल्चोकको कोदारी नाकाबाट भित्र्याइएको थियो ।





















