राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार

काठमाडौं । बाँकेकाे राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।

उद्धार गरिएकाहरूमा सोही गाउँपालिका गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली रहेका छन् ।

सशस्त्र प्रहरीले बुधबार उनिहरुलाई सकुशल उद्धार गरेको हो । गाईवस्तु चराउन गएका उनीहरू राप्ती नदीमा एक्कासी आएको बाढीको कारण नदीको बीच टापुमा फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उद्धार गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here