व्यापार प्रवर्द्धनमा लाग्न नयाँ राजदूतहरुलाई चेम्बरको आग्रह

काठमाडौं,८ कात्तिक । अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतहरुले व्यापार एवं पर्यटन प्रवर्द्धनमा आफु योजनाका साथ लाग्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दैं अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालले अष्ट्रेलियासँग सीधा उडानका लागि मूर्तरुप दिन लागिपर्ने बताए । ।

उनले स्वदेशी वस्तुको प्रवर्द्धन गर्न अष्ट्रेलियाका निजी क्षेत्रसँग नेपाली निजी क्षेत्रको समन्वय गराउन पहल गर्नेसमेत बताए ।

यस्तै, स्पेनका लागि नवनियुक्त राजदूत दावाफुटी शेर्पाले राजदूतकोरुपमा आफ्नो पहिलो अनुभव भएको भन्दै उच्च मनोबलका साथ काम गर्ने बताइन् । चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वदेशी वस्तु निर्यात गराउन, पर्यटन एवं लगानी भित्र्याउन पहल गर्न राजदूतहरुलाईं आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here