चितवनमा जिपको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । चितवनमा जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-११ का ३१ वर्षीय राम अवतार रहेका छन् ।

सोमबार राति खैरहनी नगरपालिका-१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा सोमबार राति मृत्यु भएको हो ।

बोलेरो जिपका चालक प्रहरीको नियन्त्रणमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here