राष्ट्रिय वाणिज्य बैंक र सक्षमबीच सम्झौता,भूकम्प पीडितलाई सहुलियत कर्जा दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सक्षम बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र यूके एड सक्षम एक्सिस टु फाइनान्स बीच गोरखा र धादिङ्ग जिल्लाका भुकम्प पीडित जनतालाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

राष्ट्रिय पुननिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि २०७२ सालको भुकम्पले क्षति पुर्याएका धादिङ्ग जिल्लाका धुनिवेशी, निलकण्ठ नगरपालिका र गोरखा जिल्लाको गोरखा नगरपालिकाका नागरिकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा भुकम्प पिडित घर कर्जा लगानी गर्ने जनाएको छ ।

सझौता पछि प्रदेश नम्बर २, ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा बैंकले सक्षमसंग मिलेर सामाजिक सुरक्षाको कोषको भुक्तानी बैंक मार्फत गर्नको लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने भएको छ ।

समारोहमा राष्ट्रिय पुनरनिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले सरकारले दिएको पैसा बैंक मार्फत पारदर्शी तबरबाट जनताको हातमा पुगेको बताउंदै यस्तो सम्झौताले भुकम्प पिडित जनतालाई भवन निर्माण गर्न आवश्यक परेको रकम पुरा हुने बताए ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी राष्ट्रिय वाणिज्य बैंकले भुकम्प पिडित जनताहरुलाई सहूलियत रुपमा कर्जा लगानी गरिने जानकारी दिए । सक्षम एक्सिस टु फाइनान्सका टीम लिडर निर्मल दाहालले यो सम्झौताले भुकम्प पछिको पुनरनिर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकरी अधिकृतहरु टेकराज जोशी, सरस्वती अधिकारी, देवेश लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, धालिङ्ग र गोरखा जिल्लामा रहेका शाखाका शाखा प्रबन्धकहरु, सक्षम एक्सिस टु फाइनान्सका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्व ३२ करोड रुपैया खुद मुनाफा कमाएको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्व ९० अर्व रुपैया, कर्जा १ खर्ब ४४ अर्ब रुपैया रहेको छ भने बैंकको हाल सातै प्रदेसको ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटी एटिएम र ९३ वटा शाखा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here