काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी स्थायी समिति बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले कुनै हालतमा आफुले पार्टी नछाड्ने अभिव्यक्ति दिएको बताएका छन् ।
आइतबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव पुनले यस्तो बताएका हुन् ।
बैठकमा शर्माले यो पार्टी कुनै हालतमा नछाड्ने र पार्टीमै आफ्ना कुरा बताएको पुनले बताए ।
‘कति मेरा पनि कमजोरी थिए,कति अध्यक्ष र कति साथीभाईका थिए,’ ‘म यो पार्टी छाड्नेवाला छैन, म यो पार्टीमै रहने हो, यो पार्टीमा आफ्ना कुरा भन्छु पुनले उनकाे भनाइ उदृत गरे।
उनका अनुसार, स्थायी समिति बैठक भोलि सकिनेछ । वरिष्ठ उपाध्यक्ष र महासचिवले आफ्ना कुरा राखिसकेपछि प्रचण्डले भोलि जवाफ दिने उनले जानकारी दिए ।
दशैंपछि पहाडी लोकमार्ग अभियान पूरा गर्ने र केन्द्रीय समिति बैठक बस्ने उनले जानकारी गराए ।

























