शवबाट मासु, हड्डी निकालेको आरोपमा एक पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् ।

आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण पक्राउ परेका हुन् । उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले बताए ।

काभ्रेको बनेपा नगरपालिका-९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालेको आफन्तले आरोप लगाएका छन् ।

घटनाबारे अनुसन्धान सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here