अलास्कामा अमेरिका–रूस शिखर बैठक : वार्ता सकारात्मक, तर भएन सम्झौता

U.S. President Donald Trump, center right, meets with Russian President Vladimir Putin, center left, on Friday, Aug. 15, 2025, at Joint Base Elmendorf-Richardson, Alaska. (Sergei Bobylev, Sputnik, Kremlin Pool Photo via AP)

एजेन्सी
३१ साउन, अलास्का । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताए । तर युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन।

झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्धविराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएको थिएन।

राष्ट्रपति पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे ।

उनले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भन्दै युरोपेली मुलुकहरूलाई उक्साउने प्रयास नगर्न आग्रह गरे । यद्यपि दुबै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रारम्भिक चरणको यो बैठक तत्कालिक उपलब्धिबिना टुंगिएको देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here