नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुआब्जा वितरणका लागि दोस्रो सूचना

काठमाडौं १३, कार्तिक । जापान सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको नागढुंगा नौविसे सुरुङमार्ग निर्माण आयोजनाले धादिङतर्फ मुआब्जाका लागि गत बिहीबार दोस्रोपटक निवेदन पेस गर्न माग गरेको छ । आयोजनाले गत साउन २४ गते सूचना जारी गरेको थियो । तर, जग्गा धनीबाट निवेदन दिन आएका ँदा पुन जग्गासँग सम्बन्धित कागजपत्रसहित मुआब्जा लिन बिहीबार सूचना जारी गरेको हो ।

धादिङको धुनीबेसी नगरपालिका ९ अन्तर्गतका अधिग्रहणमा पर्ने जग्गाको मुआब्जा निर्धारण भएअनुसार सम्बन्धित जग्गा धनीबाट आआफ्नो जग्गाको पुर्जा, तिरो तिरेको रसिद, सम्बन्धित वडाको सिफारिस, नागरिकताको फोटोकपी तथा अन्य प्रमाण कागजात सक्कलै संलग्न गरी निवेदन पेस गर्न साउनमै माग गरिएको थियो ।

तर घर परेको भनेर निवेदन आए पनि जग्गाका लागि नआएको आयोजनाले जनाएको छ ।
मालपोत, गुठी गएर हेर्दा जे प्रमाण भेटिन्छ त्यही ल्याउन नागरिकलाई सूचनामार्फत आग्रह गरिएको छ । प्रभावित क्षेत्रका स्थानीयले आयोजना सुरु भइरहेको समयसम्ममा पेस गरे पनि मुआब्जा पाउने बताइएको छ । अधिकांश जग्गा गुठीका नाममा भएकाले समस्या भएको हो ।

सुरुङमार्ग निर्माणका लागि १ सय ९ रोपनी जग्गा प्रयोग हुनेछ । त्यसमा ४४ रोपनी स्थानीयको छ ।

आयोजनामा नेपाल सकरकारको ६ अर्बसहित करिब साढे २२ अर्ब खर्च लाग्नेछ । जसमध्ये जापान सरकारको ०.१ प्रतिशत ब्याजमा साढे १६ अर्ब ऋण सहयोग रहने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here