पर्यटकलाई होटलमा ३० प्रतिशत छुट !

काठमाडौं, १४ कात्तिक । होटल संघ नेपालले सन् २०२० मा आउने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरेको छ । देशभर रहेको तीन सय होटल, लज, रिसोर्टहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

संघद्धारा जारी प्रेस विज्ञप्तीअनुसार खानामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको जनाइएको छ । होटल संघ नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल भ्रमण वर्ष २०२० सचिबालयलाई समेत यस विषयमा जानकारी दिएको छ ।

तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान गर्ने

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान गर्ने भएका छन् । भारतका दुई–स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा आफ्नो सेवा सुरु गर्न इच्छुक देखिएको नेपाल नागरिक उड्डयान प्राधिकरणले जनाएको छ ।

त्यस्तै कुवेतको जजिरा एयरवेजले समेत नेपालमा सिधा हवाई उडान सुरु गर्ने जनाएको छ ।

नेपालमा उडान अनुमति पाईसकेको स्पाइस जेट र जजिरा एयरवेजले मंसिर पहिलो हप्तादेखि नेपालमा उडान गर्ने नेपाल नागरिक उड्डयान प्राधिकरणले जनाएको छ । भिस्तारालाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकारणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here