गर्भावस्थाको पहिलो तीन महिना के गर्ने, के नगर्ने ?

सामान्यतया गर्भावस्थालाई ३ चरणमा विभिाजन गरिएकोे हुन्छ । पहिलो त्रैमास, दोश्रो त्रैमास र तेस्रो त्रैमास । हरेक चरण उत्तिकै महत्त्वपूर्ण र संवेदनशील हुन्छन् ।

त्यसमा पनि पहिलो त्रैमासलाई विशेष संवेदनशिल मानिन्छ । यो चरणमा भ्रुणको राम्रोसँग विकास भइनसक्ने भएकोले अलिकती हेलचेक्र्याइले बच्चा नरहने सम्भावना सकेत हुन्छ । यो सुरुवाती अवधिदेखि १२ औं हप्ता सम्मको समय हो ।

यो पहिलो तीन महिना महिलाहरुको लागी धेरै महत्वपूर्ण छ। यस्तो बेलामा भारी सामान नउठाउने र यात्रा सकेसम्म नगर्न डाक्टरहरुले सुझाव दिने गर्छन् मिनरल्स र प्रोटिनयुक्त खाना खाने ।

त्यस्तै फोलिक एसिड, आइरन, क्याल्सियम र फोलेट प्रचुर मात्रामा भएको खानेकुरा खाने र थोरै थोरै समयमा खाना खाइरहने गर्नुपर्छ । दैनिक नियमित गतिविधिहरू गर्ने र सामान्य योगा गर्न उचित हुन्छ । खानामामा अरुची हुने तथा कतिपयलाई वाक्क आउने हँदा थोरै थोरै खानेकुरा समयसमयमा खाइरहनुपर्छ, ताकी आमा र बच्चा दुवैलार्य पौष्टिक आहार पुगोस । गर्भवतीले दैनिक १० घण्टा आराम गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here