१७ भदौ, काठमाडौं । सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा १,००० जनाको मृत्यु भएको छ। त्यहाँको विद्रोही संगठन सुडान लिबरेशन मुभमेन्ट (आर्मी)का अनुसार घटना पश्चिमी सुडानको मर्रा पर्वतस्थित टाढाको क्षेत्रमा भएको हो।
प्रारम्भिक विवरणअनुसार गाउँका एक जना मात्र जीवित छन्,’ समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मृतकमध्ये बालबालिका पनि रहेका छन्। विद्रोहीहरूले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता निकायहरूसँग पीडितहरूको शव उद्धार तथा राहतका लागि सहयोग गर्न अपिल गरेका छन्।
सुडान लिबरेशन मुभमेन्ट/आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा पहिरो गएको हो ।



















