बीमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाले दिए आवेदन

२२ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न १४ जनाले आवेदन दिएका छन् ।

अध्यक्ष सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै १४ जनाको नाम सार्वजनिक गरेको हो ।

यसअघिका अध्यक्ष शरद ओझालाई भदौ २ गते मन्त्रिपरिषद् बैठकले योग्यतामा प्रश्न उठाउँदै पदमुक्त गरेपछि प्राधिकरणको अध्यक्ष पद रिक्त छ ।

अध्यक्ष पदका लागि आवेदन दिनेमा महेश्वर न्यौपाने, रमेशकुमार भट्टराई, यज्ञप्रसाद न्यौपाने, डा. राजेन्द्र पण्डित, डा. दिपबहादुर भण्डारी, देवकुमार ढकाल, ज्ञानेन्द्र अधिकारी, चिन्तामणि सिवाकोटी, डा. दामोदर बसौला, बुद्धकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र, पारस काफ्ले, विक्रान्त पाण्डे र घनश्याम बुढाथोकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here