काठमाडौं । प्रर्दशनमा मुलुकभर आठ वटा भन्सार कार्यालय र १८ वटा राजस्व कार्यालयमा क्षति भएको छ । भन्सार विभागकाअनुसार मेची भन्सार, भद्रपुर भन्सार, कैलाली भन्सार र जनकपुर भन्सार कार्यालयमा पूर्ण रुपमा क्षति भएको छ ।
यस्तै, विराटनगर भन्सार, नेपालगञ्ज भन्सार, भैरहवा भन्सार र ठाडी भन्सार कार्यालयमा आंशिक क्षति भएको विभागले जनाएको छ । यद्यपिको कति रकम बराबरको क्षति भएको विवरण आइनसकेको स्रोतको भनाइ छ । यद्यपि बाँकी भन्सार कार्यालयहरुमा आज पनि भन्सार जाँचपासको काम भइरहेको स्रोतको भनाइ छ ।
प्रर्दशनका क्रममा १८ वटा आन्तरिक राजस्व कार्यालयहरु तोडफोड तथा आगजनी भएको राजस्व विभाग स्रोतले बताएको छ । जसअनुसार दमक, इटहरी, विराटनगर, लाहान, जनकपुर, सिमरा, हेटौडा, विरगञ्ज, वुटवल, भैरहवा, नेपालगञ्ज, जनकपुर, सिमरा, हेटौडा, दाङ, धनगढी डढेल्धुरा र पोखरा १८ वटा पूर्ण रुपमा ध्वस्त भएको छ ।
प्रर्दशनका क्रममा कृष्णनगर, धुलीखेल, इलाम र सिन्धुली आन्तरिक भन्सार कार्यालयहरुमा आंशिक क्षति भएको छ ।
यसरी क्षति भएका भन्सार तथा आन्तरिक राजस्व कार्यालयहरुको मूल्यांकन गरेर पुनः संरचनाको काम गरिने स्रोतले बताएको छ ।




















