जन्मदिनमा कारागार फर्किए रवि लामिछाने

काठमाण्डाै। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा रिहा भएका उनि आज आफै घोषणा गरेर कारागार गएका हुन्।

लामिछानेले फेसबुक लाइभमा बोल्दै आफ्नो जन्मदिनमा कारागार जान लागेको बताएका थिए। उनले आफ्नो कारणले देशभरका कैदीहरु जेलबाट भागेको भनेर बदनाम गर्न खोजिएको बताए । साथै न्यायको मुर्ति प्रमुख बनेको अवस्थामा आफुले न्याय पाउने आशा रहेकाे समेत बताए ।