मृतकका परिवारलाई काजकिरिया खर्चका लागि एक लाख रुपैयाँ

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण पश्तात उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ। यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here