काठमाडौं । २४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।
आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेको अवधिमा ४३ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन् ।दशैं लागेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ । साे अवधिमा २८ हजार यात्रु काठमाडौं भित्रिएका छन् ।
आज दशैंको घटस्थापनाको दिनदेखि यात्रुहरु बाहिरिने क्रम अझै बढ्ने अनुमान गरिएको छ ।






















