राष्ट्र बैंकले हटायो सेयर कर्जामा २५ करोडको सीमा, कस्तो प्रभाव पर्ला सेयर बजारमा ?

नेपाल राष्ट्र बैंकले व्यक्तिगत सेयर कर्जामा रहेको अधिकतम २५ करोडको सीमा हटाएको छ । बुधबार परिपत्रमार्फत नेपाल राष्ट्र बैंकले उक्त सीमा हटाएर कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यसअघि कुनै एक वा सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड रहेको थियो ।

सरकारले गठन गरेको पुँजी बजारका लागि सुझाब दिन गठित समितिले उक्त सीमा हटाउन सिफारिस गरेको थियो ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्मका लागि पनि सेयरमा लगानी गर्न सक्नेछन् । यसअघि एक सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजार (नेप्से)मा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था थियो । त्यो एक वर्षको अवधि घटाएर ६ महिना बनाइएको हो ।

यसरी खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले खारेज नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here