१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीका अगुवाहरूलाई मित्र र दुष्मन छुट्याउन अपिल गरेका छन् ।
माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘आफ्नो सच्चा मित्र र दुष्मन छुट्याउन सक्नुहोस्, ‘आफूलाई माया गर्नेहरूलाई चिन्न आवश्यक छ । राम्रोसँग समीक्षा गरौं’उनले भने।
प्रचण्डले भने, ‘एउटा विचारले तपाईंहरूको आन्दोलनलाई आतंकारी भनेको छ, तपाइंहरुलाई आतंककारी भन्दा हामीलाई चसक्क बिझ्छ । हिजो हामीलाई पनि उत्पिडनमा परेकाहरूको पक्षमा संघर्ष गर्दा आतंककारी भन्थे ।’
प्रचण्डले जेनजी युवाहरूका माग जायज रहेको बताए । उनले थपे तपाईंहरूको पक्षमा सबैभन्दा पहिले बोल्ने पार्टी माओवादी हो,’ प्रचण्डले भने, ‘२३ गते साँझ दमनको विरोध गर्ने र तत्कालीन प्रधानमन्त्रीको राजीनामा माग गर्ने पहिलो पार्टी माओवादी हो ।’

























