९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउनदेखि असोजसम्म) मा मात्रै ६ सय ६ किलो सुन आयात भएको हो ।
भन्सार विभागका अनुसार चालु आव पहिलो त्रैमासमा ६ सय १ किलो काँचो र करिब ५ किलो सुनका गहना आयात भएको हो । गत आव पहिलो त्रैमासमा १ सय १३.५ किलो सुन आयात भएको थियो । तर,
सुनकाे भाउ लगातार बढ्सँगै लगानीकर्ताले सुनमा लगानी गर्न आकर्षित भएका हुन्। बजारमा सुनको माग अधिक र आपूर्ति न्यून हुँदा अभाव भएपछि सरकारले आयात कोटा समेत बढाएको छ । सुनको भाउमा आएको निरन्तर सुधारले पनि लगानीकर्ता आकर्षित गरेको छ ।
सुन आयात परिमाण कोटा पनि दैनिक २० बाट २५ किलो पुगेको छ ।
चालु आव पहिलो त्रैमासमा १० अर्ब २५ करोड रुपैयाँ बराबरको काँचो सुन आयात भएको छ । त्यसबाट सरकारले १ अर्ब २ करोड राजस्व आम्दानी गरेको छ ।
त्यसैगरी ७ करोड १५ लाख रुपैयाँ बराबर सुनका गरगहना आयात भएको छ । सुन गरगहना आयातबाट सरकारले करिब ३४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।




















