काठमाडौं । भदौ २४ गते भएको आगजनी र तोडफोडमा संलग्न एक जना व्यक्ति नेपाली सेनाबाट बर्खास्तमा परेको खुलेको छ।
काठमाडौं प्रहरीले बानेश्वरको ग्लोबल कलेज र प्रहरी वृत्त गौशालामा तोडफोड गर्ने एक जनालाई सोमबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका घर भई टोखाको धापासी बस्ने २७ वर्षीय भुवन शाही छन्। उनी पूर्वसैनिकलाई भएको खुलेकाे छ।
उनीबाट एउटा मोटरसाइकल, कलेजको ट्रफी कप, गणेशको मूर्ति, डिएसएलआर क्यामरा बरामद भएको छ।

























