फेरि उकालाे लाग्याे सुनकाे भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । शुक्रबार सुनको भाउ उकालाे लागेकाे छ। सुनकाे भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ पुगेकाे छ । अघिल्लो दिन सुन ताेलामा २ लाख ३६ हजार ३ सय रुपैयाँमा काराेबार भएको थियाे ।

त्यस्तै चाँदीको भाउ प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here