जनार्दनको आरोप गलत र अराजक भएको प्रचण्डको प्रतिक्रिया

१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनार्दनको आरोप गलत र अराजक भएको बताएका छन्। शनिबार माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेता शर्मा आफ्ना कुरा राखेर बाहिरिए पछि उनले यस्ताे बताएका हुन्। शर्माले एकीकृत समाजवादीसँगको एकता तत्कालका लागि रोक्न समेत माग राखेका थिए ।

बैठकपछि ‘पार्टीमा पहिरो जाने हो कि भन्ने देखियो नि ?’भन्ने पत्रकारको सवालमा प्रचण्डले भने पहिराे जाँदैन । सबै एकजुट भएको छ हाम्रो पार्टी । केन्द्रीय समितिको बैठकसम्म जनार्दन पनि एक हुनपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ ।’

आजको बैठकमा जनार्दनले आफ्नो कुरा राखेको र अरुको कुरा नसुनेको प्रचण्डले बताए ।‘आज बैठक राम्रो सुरु भएको थियो । उहाँले विषय राख्नुभयो । ल बस्नु सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । त्यो शैली उहाँको कसैलाई मन पर्ने शैली होइन । बसेर छलफल पो गर्ने हो त,’ प्रचण्डले भने ।

साे अवसरमा प्रचण्डले एकीकृत समाजवादीसँगको एकता प्रक्रिया ठिक ढंगले अगाडि बढेको बताएका छन् ।

साथै नेता जनार्दन शर्मासमेत केन्द्रीय समितिको बैठकसम्म सहमत भएर अगाडि बढ्ने उनको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here