रोहित पौडेलकाे ओडिआइमा २००० रन पूरा

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २००० रन पूरा गरेका छन् । लिग २ क्रिकेटअन्तर्गत यूएईमा जारी शृंखलामा यूएईसँग भइरहेको खेलमा २ रन बनाएर आउट भएका रोहितले २००० रन पूरा गरेका हुन् ।

उनी नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् । ७६ खेल खेलेका रोहितले २ शतक र ११ अर्धशतक बनाएका छन् ।

ओडिआईमा रोहितपछि सबैभन्दा धेरै रन आसिफ शेखले बनाएका छन् । आसिफको १६७७ रन छ भने तेस्रोमा कुशल भुर्तेलको १४५४ रन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here