दिल्लीको लालकिल्ला मेट्रो स्टेशन नजिकै विष्फोट, कैयौं हताहत

२४ कात्तिक, नयाँ दिल्ली । दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोटन भएको छ। घटनामा कम्तीमा आठ जना मारिएको प्रहरीले बताएको छ।

दिल्लीको अग्निनियन्त्रक सेवाले जानकारी दिएअनुसार साँझ ६ः५५ फोन गरेर लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक कार विस्फोटन भएको भनिएको थियो।

त्यसपछि छ वटा गाडीमा आगो लागेको थियो। त्यसबाहेक रोकिएका केही गाडीहरूमा पनि क्षति पुगेको थियो। दिल्ली प्रहरीले कम्तीमा आठ जनाको ज्यान गएको र कैयौँ घाइते भएको जनाएको छ।

दिल्ली अग्निनियन्त्रण एकाइका अनुसार उक्त क्षेत्रमा सात वटा दमकल पठाइएको थियो। विस्फोटको कारणबारे जाँच भइरहेको प्रहरीले बताएको छ। भिडिओहरूमा जलेका गाडीबाट धुवाँ निस्किरहेको देखिन्छ। लाल किल्ला मुगलहरूले १७ औँ शताब्दीमा निर्माण गरेको स्मारक हो।

प्रहरीले अहिलेसम्म के कारणले विस्फोटन भयो आफूले थाहा पाइनसकेको उल्लेख गरेका छन्। भिडिओहरूमा जलिरहेका सवारीसाधनबाट धुवाँको मुस्लो निस्केको देख्न सकिन्छ। अझै पनि थप विवरणहरू आइरहेका छन्।

समाचार एजेन्सी पीटीआईले उक्त इलाकालाई घेराबन्दी गरिएको जनाएको छ। समाचार एजेन्सी एएनआईले केही घाइतेहरूलाई एलएनजेपी अस्पताल लगिएको जनाएको छ। एक जना स्थानीय राजधर पान्डेले एएनआईसँग भने, हामीले आगोको लप्का देख्यौँ। मैले आफ्नो छतबाट देखेँ। त्यसपछि तल ओर्लिएर के भएपछि हेरौँ भेर आएँ। एकदमै ठूलो आज आएको थिए। भवनको झ्याल हल्लिएको थियो। मेरो घर गुरुद्वाराको नजिकै छ।

स्थानीय दुकानदार वलीउर रहमानले भने, म आफ्नो पसलमा नै बसिरहेको थिएँ। अचानक शक्तिशाली विस्फोटन भयो, त्यस्तो आवाज मैले आजसम्म सुनेको थिइनँ। विस्फोटन सुनेपछि म तीन पटक ढलेँ। त्यसपछि आसपासका सबै मानिसहरु भाग्न थाले। यसअघि भारतीय प्रहरीले नयाँ दिल्लीको फरिदाबाद नजिकैको एउटा अपार्ट्मेन्टबाट ठूलो परिमाणमा विस्फोटक सामाग्री र हतियारहरू फेला पारेको थियो।

अधिकारीहरूले ३०० किलोग्रामभन्दा बढी विस्फोटक सामाग्री, एउटा एके–४७ राइफल र गोलीगठ्ठा बरामद भएको उल्लेख गरेका छन्। उक्त अपार्ट्मेन्ट भाडामा लिएका जम्मु कश्मीरका एक जना चिकित्सक पक्राउ परेका छन्। प्रहरीले ती चिकित्सक पाकिस्तानमा आधारित जेस–ए–मोहम्मद समूहसँग सम्बन्धित पोस्टरहरू टाँसेको आरोपमा खोजीमा राखिएको उल्लेख गरेको छ। जेस–एमोहम्मदलाई भारतमा आतङ्कवादी सङ्गठनको सूचीमा राखिएको छ।
साभार : बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here