डीआईजी बढुवाका लागि सिफारिसमा परे एसएसपी अधिकारी

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । पहिलो नम्बरमा रहेका एसएसपी अधिकारी यसअघिको बढुवामा छुटेका थिए ।

अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख रहेकाेमा घटना पछि उनलाई सरुवा गर्दै परिसर काठमाडौंको जिम्मेवारी एसएसपी रमेश थापालाई दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here