१ मंसिर, काठमाडौं । सोमबार नेप्से ९.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५५० मा कायम भएको छ ।
आज कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडको भएकाे हाे। १६७ कम्पनीको मूल्य बढ्दा ७६ को घट्यो भने १३ को स्थिर रहेकाे छ। आज विकाश बैंक र होटल तथा पर्यटन समूह १ प्रतिशतभन्दा धेरै बढेका छन्।
त्यस्तै बैंक ०.१३, विकास बैंक १.५०, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०८, हाइड्रोपावर ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.३४ तथा व्यापार समूह ०.०९ प्रतिशत बढे। यता दुई समूह निर्जीवन बीमा ०.०९ तथा अन्य ०.४९ प्रतिशत घटेका छन्।
आज चार कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेका छन्। जसमा हालै सूचीकृत भएका बन्दीपुर केबुलकार, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र झापा इनर्जी छन्।
त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ८.८९, जोशी हाइड्रोपावरको ७.८४, माबिलुङ इनर्जीको ७.३७ तथा कर्पोरेट डेभलपमेन्ट बैंकको ७.२४ प्रतिशत मूल्य बढेका छन्।
























