सिमरा विमानस्थलमा आजका लागि निर्धारित सबै उडान रद्द

काठमाडौं । सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेपछि आजका लागि निर्धारित सबै उडान रद्द गरिएको छ ।

यहाँ बुद्ध एयरले दैनिक ५ उडान गर्दै आएकोमा आज एकमात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएकोमा सो जहाज धावनमार्ग नपुग्दै फर्काइएको हाे । अहिले बारामा कर्फ्यु आदेश जारी भएको छ ।

नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएपछि तनाव बढेकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here